कर्पोरेट

एनआईसी एशिया बैंकमा भाखा नाघेका कर्जा बुझाउन ९ दिन बाँकी

Banner

चितवन, असोज २२-

एनआईसी एशिया बैँकले ऋणीहरूमा कोरोनाले परेको असर न्यूनीकरण गर्न २०७७ साउन मसान्तसम्म तीन महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्म चुक्ता गर्न बैँकले विशेष सहुलियतको योजना ल्याएको छ ।

बैँकले जारी गरेको विज्ञप्तिमा साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ । यस योजना अनुसार मानौं कुनै एक करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहँदा ग्राहकले एक वर्षमा तीन लाख रकम बराबरको लाभ लिन सक्नेछन् । उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहकको लागि वहाँले बैँकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु रहेको बैँकले जनाएको छ ।

यस असाधारण समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुनेगरी बैँकले यो योजना ल्याएको हो । यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेकोले समयमै मौकाको फाइदा उठाउन बैँकले सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान गरेको छ । यस बैँकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैँकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।

बैँकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ । बैँकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, ज्येष्ठ र असार महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियतसम्बन्धी योजनाबाट बैँकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब तीन अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको बैँकले जनाएको छ । बैँकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहकको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवम् सबलीकरणमा टेवा पुग्ने बैँकले विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>