देश/प्रदेश

कोरोना संक्रमण बढ्दै गएपछि वाग्मती प्रदेशमा आईसीयूको संख्या बढाइने

Banner

हेटौंडा, असोज २१-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयू संख्या बढाउने बताउनुभएको छ ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा उहाँले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनुपर्ने धारणा राख्नु भएको हो ।

प्रदेश सरकारले आइसोलेशन निर्माण एवम् सञ्चालन गरिरहेको जानकारी दिँदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताउनुभयो । अन्य जिल्लामा संक्रमण कम भए पनि अहिले काठमाडौँमा कोरोनाबाट थप संकट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।

काठमाडौको संक्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आइसोलेशन निर्माण गरी काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी कोरोना संक्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताउनुभयो ।

हाल काठमाडाँैलगायत ललितपुर, चितवन, दोलखा, काभे्र जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ती जिल्लामा आफ्ना मातहतका अस्पताल सञ्चालन गर्न सोही जिल्लामा रहेका एक एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गर्न लागिएको छ । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न नेपाल सरकारलाई पत्राचार गरिसकिएको प्रदेश सरकारले जनाएको छ । काठमाडौँको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानीय तहमा १००÷१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ । अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसीयू र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशले कोरोना परीक्षणका लागि दुई स्थानमा ल्याब सञ्चालन गरिरहेको र चार वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा तीन हजार २६० आइसोलेशन बेड, ६३० आईसीयू बेड रहेका छन भने १९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>