Breaking News

चितवनमा क्रिकेट रंगशाला बनाउन वाग्मती प्रदेश सरकारद्वारा तीन करोड रकम हस्तान्तरण

Banner

हेटौंडा, असोज २१

वाग्मती प्रदेश सरकारले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गर्नुभयो । रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै खुसीसमेत व्यक्त गर्नुभएको छ ।

रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँले जानकारी दिनुभयो । रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउँदै उहाँले भन्नुभयो ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाल पÞmेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउण्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
यसैगरी फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुसीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिनुभयो । रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले काम गरिरहेको जानकारी पनि दिनुभयो । सहयोगी मनहरुले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तर पनि काम गर्दै छौ, बजारमा सात करोड तिर्न बाकी छ । तर पनि हामीले हिम्मत हारेका छैनौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>