अर्थ
सुनको भाउ बढ्यो, तोलाको कति ?
०

काठमाडौं, असोज २०-
सुनको मूल्य आज प्रतितोला ८ सय रुपियाँ बढेको छ । नेपाली बजारमा सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























