कर्पोरेट

एनआईसी एशिया बैँकका ग्राहकलाई दुई पाङ्ग्रे सवारी खरिदमा१५ हजार छुट

Banner

चितवन, असोज १८-

एनआईसी एशिया बैँकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी एटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट पाउने भएका छन् ।

बैँक र एटोमोबाइलबीच भएको सहमतिमा १२ हजार नगद छुट र तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी अटोमोबाइल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>