कर्पोरेट

प्रभु बैँक र खल्ती डिजिटल वालेटबीच सहकार्य

Banner

चितवन, असोज १८-

प्रभु बैँक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिमा प्रभु बैँकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ ।

यस साझेदारी अनुसार प्रभु बैँकका देशभरका ग्राहकले मोबाइल बैँकिङ र इन्टरनेट बैँकिङ सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पु¥याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले विज्ञप्तिमा गरेका छन् । प्रभु बैँक नेपालका क वर्गको बैँकमध्ये एक हो । बैँकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैैैँकिङ सेवा प्रदान गरिरहेको बैँकले जनाएको छ । बैँकका १४ लाख बढी ग्राहक छन् ।

सम्झौता अनुसार बैँकले स्प्यारो पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैँकको अनलाइन वा अफलाइन बैँकिङ माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोलले बैँकका विभिन्न माध्यमहरू बैँक बाइन्डिङ (बैंक खाता लिंक गर्ने) , ई (बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैकिङ चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ ।) खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथसाथै खल्तीबाट रेमिट्यान्स पाउन र पठाउन अनि कर्जाको फारामसमेत भर्न सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाख बढी छ ।

कसरी डाउनलोड गर्ने खल्ती एप ?

खल्ती एप एन्ड्रोइड मोवाइलमा गुगल प्लेस्टोर, एप्पलमा एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>