अर्थ
वाणिज्य बैंकहरुमा २ हजार कर्मचारीलाई कोरोना संक्रमण
०

काठमाडौं,असोज १८-
वाणिज्य बैंकहरुका करिब २ हजार कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्। नेपाल बैंकर्स संघले चार दिनयता बैंकहरुमा कोरोना संक्रमणको तथ्यांक संकलन सुरु गरेको छ। हामीसँग अहिलेसम्म २ हजार हाराहारीलाई कोरोना संक्रमण भएको तथ्यांक आएको छ,संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, यसमध्ये एक हजार हाराहारीलाई निको पनि भइसकेको छ।
गत साता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थासँग कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् भनेर सोधेको थियो।प्रत्येक बैंकमा ८०/९० जनाजति संक्रमित भएको देखिन्छ, शर्माले भने, केही बैंकमा भने निकै कम देखिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























