चितवन विशेष

नारायणगढको शहिदचोकमा ग्रोसरी स्मार्ट पसल सञ्चालनमा

Banner

चितवन, असोज १७-

चितवनका युवा व्यवसायी कञ्चनकुमार अग्रवालले नारायणगढको शहिदचोकमा साथी मार्टको फे्रन्चाइज सञ्चालनमा ल्याउनु भएको छ ।

हजुरको स्मार्ट शप प्रालिको शनिबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उद्घाटन गर्नु भएको हो । मोबाइल एप्सबाटै घरमा बसेर सामान खरिद गर्न सकिने भन्दै सञ्चालक अग्रवालले भान्छामा प्रयोग हुने सामग्रीसहित दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको बताउनु भयो । हजुरको स्मार्ट शपले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै साना व्यवसायीलाई लक्षित गरेर आधुनिक सपिङ सेन्टर सञ्चालनमा ल्याइएको अग्रवालले बताउनु भयो । हजुरको स्मार्ट शप सञ्चालनको अवसरमा १० दिनसम्म छुटको व्यवस्था गरिएको समेत अग्रवालले जानकारी दिनु भयो ।

ग्राण्ड ओपनिङ अफरअन्तर्गत हरेक सामानको बिक्री मूल्यमा पाँच प्रतिशत छुट दिइने अग्रवालले जानकारी दिनुभयो । स्मार्ट शप सञ्चालनका लागि करिब ५० लाख रूपैयाँ लगानी भएको उहाँले बताउनुभयो । हजुरको स्मार्ट शप प्रालिको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको बेला नयाँ लगानी थपिनु सकारात्मक भएको बताउनु भयो । लकडाउनका कारण व्यवसायीलाई ठूलो नोक्सानी परेको श्रेष्ठको भनाइ छ । कोरोनाबाट धराशायी भएको व्यवसायलाई चुनौतीलाई सबै मिलेर सफलतापूर्वक अवतरण गर्नुपर्ने श्रेष्ठले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>