चितवन विशेष

चितवनका चार्लीको नयाँ गीत ‘माया प्रिती’ सार्वजनिक

Banner

चितवन, असोज १७-

गोरखाको ताङ्ग्रीचोक–१ सिम्ले स्थायी ठेगाना भई चितवनमा विभिन्न व्यवसाय गर्दै आउनु भएका गीतकार शम्भु पन्त ‘चार्ली’ को नयाँ गीत ‘माया प्रिति’ सार्वजनिक भएको छ ।

चार्लीको शब्द रचनामा रहेको गीतमा गायक रवि ओडले स्वर दिनु भएको छ । चार्ली स्वयं र रुक्सना खातुनले अभिनय गर्नु भएको गीत चलचित्र ‘हाम्रो नाता’ का लागि तयार गरिएको हो । चितवनको सौराहा र कविलास रिसोर्टमा छायांकन गरिएको यस गीतको छायांकन रवि कोइरालाले गर्नु भएको हो । यसअघि गतवर्ष गीतकार चार्लीको पहिलो गीत ‘तिम्रो लागि अग्निमा’ भन्ने प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>