चितवन विशेष
नारायणी नदीले बगाएको गैडा मृत फेला
०

चितवन,असोज १७-
नारायणी नदीले बगाएको पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदि किनारमा गैडा मृत फेला परेको हो । अन्दाजी ३० बर्षको पोथी गैडा दिउसो १२ः३० बजे फेला परेको उहाँले बताउनुभयो ।
गैडा बढिले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । हिजो मात्रै निकुञ्ज अन्तर्गत नवलपुरको लामिचौर नजिकै नारायणी नदिको विच भङगालोमा एउटा गैडा मृत फेला परेको थियो ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























