Breaking News

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २१ पुग्यो

Banner

चितवन,असोज १६-

चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ न्यौरेनीका ७८ बर्षिय पुरुषको आज विहान ७ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

स्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना हुनुभएका उहाँलाई हिजो (विहिवार) राती १० बजे भरतपुर अस्पतालमा रिफर गरिएको थियो । विहिवार नै उहाँमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

उहाँको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यो संगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>