कर्पोरेट

एनआईसी एशिया बैंकद्वारा भाका नाघेका कर्जा बुझाउन अपिल

Banner

चितवन, असोज १५-

एनआइसी एशिया बैँकले २०७७ साउन मसान्तसम्म तीन महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरू यही असोज मसान्तसम्म चुक्ता गरेमा व्याजदरमा छुट दिने भएको छ ।

एनआईसी एशिया बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार साविकको ब्याजदरलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको जनाएको छ । यस असाधारण समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैँकले ल्याएको यस योजनामा सहभागी हुन १६ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैँकले ऋणीहरूमा आह्वान पनि गरेको छ ।

विज्ञप्तिमा बैँकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् । यस असाधारण समयमा सबै सरोकारवालाले असाधारणस्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको वृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने बैँकले जनाएको छ । बैँकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेठ र असार महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियतसम्बन्धी योजनाबाट बैँकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब तीन अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको बैँकले जानकारी गराएको छ । यस योजनामा ग्राहकको उत्साहपूर्ण सहभागिता रहेको बैँकले जनाएको छ । हाल बैँकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवम् सबलीकरणमा टेवा पुग्ने बैँकले विश्वास लिएको छ ।

कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासालगायतको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उद्देश्यले बैँकले एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को पनि स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>