चितवन विशेष

चितवनमा आजबाट सुपथ मूल्य पसल सञ्चालनमा

Banner

चितवन, असोज १५-

चितवनमा दसैँ तिहारलाई लक्षित गरेर आजबाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म नारायणगढमा सञ्चालनमा आउने छ ।

पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्नहरु उपलब्ध भइरहेको कर्पाेरेसनले जनाएको छ । पसलमा चिनी ७० केजी रुपैयाँ प्रतिकेजी, नुन केजीको १८ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको कर्पाेरेसनले आज प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ । चिनी र नुन एक व्यक्तिले एक पटकमा ४ केजीसम्म मात्र खरिद गर्न पाउने कार्यालय प्रमुख बुद्धिबिनोद दाहालले जानकारी दिनुभयो ।

चितवनमा बढ्दो कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सञ्चालनमा आएको हुनाले आवश्यक सुरक्षाका मापदण्ड भने उपभोक्ताले पालन गर्नुपर्ने कर्पाेरेसनले जनाएको छ । कार्यालयले यस भन्दा अगाडि पनि कठिन समयमा नुन, चिनी, चामल जस्ता अत्यावस्यक खाद्यान्न वस्तुहरुको अभाव हुन नदिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कार्यालयले आफ्नो आवश्यकता भन्दा बढी सामान खरिद गरेमा बजारमा कृत्रिम अभाव सिर्जना हुने भएकोले त्यसो नगर्न पनि सबैमा सचेत गराएको छ । गत वर्ष पनि कार्यालयले ८९ हजार २२४ केजी चिनी, आठ लाख २३ हजार ३७४ केजी नुन बिक्री वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>