चितवन विशेष

भरतपुरको वागेश्वरी प्राकृतिक चिकित्सा केन्द्रबाट थप १४ जना कोरोना मुक्त

Banner

चितवन, असोज १३

भरतपुर महानगरपालिकाको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा केन्द्रको आईसोलेसनामा आज १४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उनीहरुलाई आज बिदाइ गर्नुभएको हो । यस अघि पनि गरी झण्डै ९० जना कोरोना मुक्त भएका छन् । केन्द्रमा आएका संक्रमित मध्ये परीक्षण पश्चात १०० प्रतिशत बिरामी संक्रमण मुक्त भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनु भएको छ । उहाँ आज वागेश्वरी केन्द्रमा पुगेर आइसोलेसनमा रहेका सम्पूर्ण बिरामीहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>