खैरहनी

खैरहनी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, भोलि एक दिन कार्यालय बन्द

Banner

चितवन, असोज १२–

चितवनको खैरहनी नगरपालिकाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षणका लागि शुक्रबार स्वाब लिइएकोमा सोमबार उनमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि ती कर्मचारी होम आइसोलेसनमा बसेका छन् । आफुमा केही समस्या नरहेको उनले बताएका छन् । उनमा संक्रमण पुष्टि भएपछि मंगलबार (भोलि) एक दिन कार्यालय बन्द गरिने भएको छ । मंगलबार कार्यालय निर्मलिकरण गरिने र बुधबारदेखि नियमित सेवा प्रवाह हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।

शुक्रबारनै स्वाब दिएका खैरहनी नगरपालिका मेयर लालमणि चौधरीको रिपोर्ट भने नेगेटिभ आएको छ । आफू चढ्ने सवारीको चालकमा रिपोर्ट पोजेटिभ देखिएपछि मेयर चौधरी होम क्वारेन्टिइनमा बसेका थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>