चितवन विशेष

चितवनका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

Banner

चितवन, असोज ११–

चितवनका प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको सांसद श्रेष्ठले जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन्–‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो स्वास्थ्य अबश्था सामान्य छ । मसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’

प्रतिनिधिसभामा नेपाली काँग्रेसबाट समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठ शिक्षाविद् समेत हुन् । उनी लिटल एञ्जल्स स्कूल ललितपुरका संचालक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>