कर्पोरेट

नागरिक पेन्सन योजनामा एनआईसी एशिया बैँकको सहकार्य

Banner

चितवन, असोज १०-

नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैँक बैँकिङ साझेदारको रुपमा नियुक्त भएको छ ।
बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार बैँक र कोषबीचको समझदारीपत्रमा बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नुभएको छ ।

सम्पूर्ण नेपालीलाई एउटा नविन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट ‘नागरिक पेन्सन योजना’ सर्वसाधारण नेपालीको हितमा ल्याएको छ । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको साझेदार हुन पाउदा बैँकले आफूलाई गौरवान्वित ठानेको विज्ञप्तिमा उल्लेख छ । यस ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैँकले लिएको छ ।

पेन्सन योजनाअन्तर्गत आयआर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघसंस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने बैँकले जनाएको छ । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याइएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवम् डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैँकमार्फत् सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्नेछन् । यस बैँकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्थासहित बैँकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ । साथै बैँकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ । बैँक र कोषबीच भएको यस ऐतिहासिक समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकलाई उक्त ऐतिहासिक पेन्सन योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित बनाउनुहुन बैँकले सबैलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>