Breaking News

कोरोना नियन्त्रणमा खटियो नवलपुर कांग्रेस, सरकारलाई सघाउँदै जनताका घर घरमा

Banner

कावासोती, असोज १०

नेपाली कांग्रेस नवलपुरले कोरोना महामारीका बेला सरकारले चालेका सकारात्मक कदमलाई पुर्णरुपमा सघाउँदै जनताको घर घरमा पुग्ने भएको छ ।

कांग्रेस नवलपुुरले कोरोना महामारीका बेलामा नवलपुरको कोभिड–१९ अनुगमन समिति नवलपुरको जिल्ला कार्य समिति विस्तार पनि गरेको छ । विपी स्मृति भवन कावासोतीमा आज पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति घोषणा गरिएको हो । आज घोषणा गरिएको जिल्ला कार्यसमितिको सदस्यमा करुणासागर सुवेदी, शारदा विश्वकर्मा, नारायण शर्मा, लक्ष्मी वस्ताकोटी, माया महतो, रामचन्द्र भण्डारी , भरत पोख्रेल , गणेश न्यौपाने , अशोक श्रेष्ठ र सदस्य सचिवमा रमेश वस्ताकोटी रहेका छन् ।

यसैगरी समितिले स्थानीय तहमा पनि काम गर्ने गरी गैँडाकोटको संयोजकमा वेदप्रसाद गौडेल, उपसंयोजकमा बद्रीप्रसाद सापकोटा , कावासोतीको संयोजकमा देवराज भट्टराई, उपसंयोजकमा दिलमाया श्रेष्ठ, मध्यबिन्दुको संयोजकमा हरि बस्ताकोटी उपसंयोजकमा राजकुमार श्रेष्ठ, हुप्सेकोटको संयोजकमा आशिष रेग्मी, उप संयोजकमा लक्षमण सेन ,बुलिङटारको संयोजक ओमकुमार श्रेष्ठ उपसंयोजकमा धनबहादुर गोदामी, बौदिकालीको संयोजकमा लोकबहादुर गाहा, उपसंयोजकमा प्रेम गाहा र विनयी त्रिवेणीको संयोजकमा सुनिल थापा र उपसंयोजकमा फणिन्द्र आचार्यलाई जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस अघिनै नेपाली कांग्रेस कोभिड अनुगमन केन्द्रीय समितिले जिल्ला संयोजकमा सुरज गुरुङलाई मनोनयन गरेको थियो । समितिले जिल्लामा कोभिड–१९ संक्रमणको स्थिति परीक्षणको अवस्थामा, आइसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका, हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको तथा पार्न सक्ने आर्थिक, सामाजिक अवस्थाको मूल्याकंन गर्ने जनाइएको छ । त्यसैगरी केन्द्र प्रदेश र स्थानीय सरकारको कोरोना संक्रमण रोकथाम र उपचारमा गरेका भूमिका तथा राहत लगायत आर्थिक सामाजिक क्षेत्रमा परेका समस्यालाई न्यून गर्न खेलेको भूमिका सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने लगायतका कार्यक्षेत्र रहने गरी जिम्मेवारी तोकिएको जिल्ला संयोजक सुरज गुरुङले पत्रकार सम्मेलनमा बताउनु भयो ।

यस्तै समितिले कोभिड–१९ संक्रमण रोकथाम र पीडितहरुको सहयोगका लागी पार्टीले खेलेको भूमिका र खास गरी नेपाली कांग्रेस को वडादेखि जिल्ला तहसम्म निकायहरुले खेलेको भूमिकाको सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने, निरन्तररुपमा सम्बन्धित निकाय, राजनीतिक दल , नागरिक समाज संघसंस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिने तथा आवश्यक सहयोग गर्ने भएको छ । समितिले कोभिड–१९ बाट प्रभावित नागरिकहरुका लागि सेवामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, जनचेतना फैलाउने, मनोपरामर्श सेवा उपलब्ध गराउने र सामाजिक सद्भावको विकासमा टेवा पुग्ने प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कोभिड–१९ अनुगमन समितिका संयोजक सुरज गुरुङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>