अर्थ

८ सयले बढ्यो सुनको मूल्य, तोलाको कती ?

Banner

काठमाडौँ, असोज ९–

अघिल्लो दिनको तुलनामा सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>