चितवन विशेष

चितवनमा थप ६ जनामा कोरोना संक्रमण

Banner

चितवन, असोज ९–

चितवनमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ४ जना रहेका छन् । चितवनका ४ जना मध्ये तीन जना भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये एक जना क्वारेन्टिनमा थिए भने आशा अस्पताल र पुरानो मेडिकल कलेजबाट एक/एक जनाले स्वाब दिएका थिए ।

यस्तै कालिका नगरपालिका–२ का ५३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि नवलपुरको गैंडाकोट नगरपालिका–१ का ३४ वर्षीय पुरुष र दाङ राजापुर–२ का २६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जनाको पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>