कर्पोरेट

एनआईसी एशिया बैँकमा भाखा नाघेका कर्जा बुझाउन सहुलियत

Banner

चितवन, असोज ८-

एनआईसी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजनाहरू ल्याइरहेको छ ।

२०७७ साउन मसान्तसम्म तीन महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना बैँकले ल्याएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिमा असाधारण समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैँकले ल्याएको यस योजनामा सहभागी हुन २३ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान पनि गरेको छ । यस बैँकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैँकले जनाएको छ ।

यस असाधारण समयमा सबै सरोकारवालाले असाधारणस्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैँकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवम् सबलीकरणमा टेवा पुगी आम ग्राहकहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

ग्राहकको सहजता तथा आवश्यकतालाई महसुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासालगायतको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको जनाएको छ । जस मार्फत् बैँकका ग्राहकले आफ्नो कर्जासम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाइदा लिन सक्ने बैँकले जनाएको छ । बैँकले ग्राहकलाई ‘हेल्प’टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइटमा राखिएको फिडव्याक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैँकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैँकले गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ मा ग्राहकले पहिलो सम्पर्क गरेपछि बैँकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने व्यवस्था मिलाएको बैँकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>