Breaking News

चितवन मेडिकल कलेजमा आज एक कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, असोज ४-

चितवन मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको छ ।

कलेजले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>