चितवन विशेष

चितवनमा ८ जना थपिए नयाँ संक्रमित

Banner

चितवन, असोज ४–

चितवनमा शनिबार राति थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र पूर्वी नवलपरासीका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं.१०, १४ र १५ का ७ जना पुरुष रहेका छन् । उनीहरु ४१ देखि ६७ वर्ष उमेर समूहका छन् ।

यस्तै नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको आशा अस्पताल भरतपुरबाट स्वाब निकालिएको हो । शनिबार राति कुल २७४ नमुना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>