Breaking News
काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज, पिसिआर रिपोर्ट भने पोजेटिभ नै
०

काठमाडौं, असोज ३-
ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार साँझबाट भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
यद्यपि भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।
तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























