Breaking News
संविधान दिवसः तीन दिन दीप प्रज्ज्वलन गर्न चितवन प्रशासनको आग्रह

चितवन,असोज २-
संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझ दीप प्रज्ज्वलन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आग्रह गरेको छ । सर्वसाधारणहरुले घरघरमा र जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान र संघसंस्थाहरुले कार्यालयमा असोज २, ३ र ४ गते साँझ दीप प्रज्वलन गर्न प्रशासनले आग्रह गरेको हो ।
कार्यालयहरुमा तीन दिन राष्ट्रिय झण्डा फहराउन पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । २०७२ मा जारी भएको संविधानको कार्यान्वयनमा नेपाल छैठौँ वर्षमा प्रवेश गरेको छ ।
यस्तै प्रशासनले विभिन्न मन्दिर, मस्जिद, गुम्बा, विहार र गुरुद्धार लगायतका धार्मिक स्थलहरुमा नित्य पुजा गर्नुपुर्व राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चिरशान्तिको लागि उच्च सम्मान र श्रद्धान्जली प्रकट गर्न पनि अनुरोध गरेको छ ।
























