स्वास्थ्य

आज बिरामी सुरक्षा दिवस: साँझ स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

Banner

काठमाडौँ, असोज १-

आज नेपालसहित विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ ।

“सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी” भन्ने मूलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साप्ताहिक रुपमा कार्यक्रम गरी मनाउन थालेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुरार दिवसका अवसरमा आज साँझ स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलनका साथै सङ्क्रमणबाट मृत्यु भएका सम्झनामा माइतीघर मण्डलामा श्रद्धाञ्जली सभाको आयोजना गरिनेछ । साथै मन्त्रालयले सबै नेपालीलाई स्वास्थ्यकर्मीको सम्मानस्वरुप साँझ दीप प्रज्वलन गर्न आह्वानसमेत गरिएको छ ।

मन्त्रालयले दिवसकै अवसरमा देशव्यापी रुपमा मनाउन प्रदेश एवं स्थानीय तहलाई समेत आह्वान गरेको छ । स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले देशका सबै स्वास्थ्य संस्थामा बिरामीसम्बन्धी विभिन्न कार्यक्रमका माध्यमबाट स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, व्यवस्थापनको अभिमुखीकरण र नीति निर्माणका लागि जनप्रतिनिधिसँग बहस, पैरबीजस्ता क्रियाकलाप यसै बर्षदेखि सञ्चालन गरिनेछ ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या ५८ हजार ३६७ रहेका छन् । तीमध्ये करिब ७२५ निको भइसकेका छन् भने ३७९ जनाले ज्यान गुमाइसकेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>