चितवन विशेष

भरतपुरको योग तथा प्राकृतिक चिकित्सालयबाट ८ जना कोरोना मुक्त

Banner

चितवन, असोज १-

भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा केन्द्रबाट आज आठ जना कोरोना मुक्त भएका छन् ।

कोरोना मुक्त भएका चितवनकै आठ जना संक्रमितलाई उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष राजु श्रेष्ठले आज बिदाई गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोना नियन्त्रणमा स्थापित भएका यस्ता आइसोलेसन सेन्टरलाई संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र सबैले सहयोग गर्नुपर्ने विचार राख्नुभयो । उहाँले कोरोना महामारीले बिग्रिएको अर्थव्यवस्थालाई सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी शैलेन्द्र पिया र प्राकृतिक चिकित्सालयका डाक्टरहरुको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>