स्वास्थ्य

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

Banner

काठमाडौं, भदौ २८-

आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा। तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए।

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा। पोखरेलले जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>