कर्पोरेट

चितवनको नारायणी डेभलपमेन्ट बैँकले ५० करोड रुपैयाँ पूँजी पुर्‍याउँदै

Banner

चितवन, भदौं २७-

राष्ट्र बैँकले गत साउन ८ मा समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा गरेको नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम् पूँजी ५० करोड रुपैयाँ पुर्‍याउने तयारी गरेको छ ।

चितवनमा स्थापित भएको यस बैँकले १८औं वार्षिक साधारणसभा आगामी असोज १६ मा गरेर आवश्यक पूँजी पु¥याउने तयारी थालेको हो ।
कम्पनीले दिउँसो १ बजेबाट चितवनको रत्ननगरस्थित स्टार ब्याङक्वेटमा साधारणसभा हुने जानकारी गराउँदै सेयरधनीहरुलाई उपस्थितिका लागि बोलाएको छ। कम्पनीको शतप्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव उक्त साधारण सभामा लैजाँदै छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘ख’ वर्गका जिल्लास्तरीय बैंकले न्यूनतम ५० करोड रुपैयाँ पुँजी पु¥याउनु पर्नेछ। सोही अनुरुप कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र त्यसअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव साधारणसभामा जाने बताइएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ५६ लाख रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको पुँजी १३ करोड १२ लाख पुग्नेछ। साथै, यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि उक्त सभामा लगिँदै छ।

साधारण सभा प्रयोजनका लागि असोज ८ देखि १६ गतेसम्म कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) रहने छ । यसअनुसार असोज ७ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>