Breaking News
एकैदिन चितवनका ९८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ सय नाघ्यो
०

चितवन, भदौ २७–
एकैदिन चितवनका ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा भरतपुर, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका गरि ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका मात्रै ७३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिका २, खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























