Breaking News
चितवनमा थप ८७ जनामा कोरोना पुष्टि, भरतपुरका मात्रै ७३ जना

चितवन,भदौ २७-
भरतपुरको अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले निकालेको सूचनाअनुसार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् ।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
चितवन स्वास्थ्य कार्यालयको विवरण अनुसार शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या एक हजार १४९ थियो । संक्रमितमध्ये निको हुनेहरु २९५ जना मात्रै रहेको कार्यालयले जनाएको छ । संक्रमितमध्ये चितवनका १६ जनाको मृत्यु भइसकेको छ ।
























