चितवन विशेष

विपी जयन्तीमा चितवन कांग्रेसको रक्तदान

Banner

चितवन, भदौं २४-

नेपाली कांग्रेस चितवनले १०७ औं विपी जन्मजयन्तीका अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ ।

कोरोना संक्रमणको समयमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । रगतको अभावका कारण बिरामीको ज्यान जानु नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनाकारी दिनुभयो ।

श्रेष्ठका अनुसार कोरोना कहरका कारण आकस्मिकरुपमा रक्तदान कार्यक्रम गरिएको हो । यसअघि आज बिहान विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपीको शालिकमा माल्यापर्ण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>