इच्छकामना

इच्छाकामनामा माझ गाउँ माविको चार कोठे भवनको शिलान्यास

Banner

.चितवन, भदौं २२-

इच्छाकामना गाउँपालिका वडा नम्बर ३ माझगाउँमा रहेको माझगाउँ माध्यमिक विद्यालयको चार कोठे भवनको आज शिलान्यास भएको छ ।

गाउँपालिकाको अध्यक्ष गीता गुरुङले सोमबार सो विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको सो विद्यालय भवनलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ७४ लाख रुपैयाँ सहयोग गरेको छ । ३०० विद्यार्थी अध्ययनरत विद्यालय भवनको शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ, वडा अध्यक्ष गोवद्र्धन अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ र प्रधानाध्यापक कमल गुरुङको उपस्थिति रहेको थियो । आगामी पुस मसान्तसम्ममा सो भवनको निर्माण सम्पन्न गर्ने विद्यालयको लक्ष्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>