चितवन विशेष

भरतपुरको कोरोना परीक्षण प्रयोगशालाबाट हमाल र सुवेदीको बिदाइ

Banner

चितवन, भदौं २०-

भरतपुर अस्पतालले कोरोना परीक्षण प्रयोगशालामा सुरुदेखि कार्यरत दुईजना प्राविधिकलाई आज सम्मानसहित बिदाइ गरेको छ ।

सम्मानसहित बिदाइ हुनेमा क्यान्सर अस्पतालमा कार्यरत क्लिनिकल माइक्रोबायोलोजिस्ट प्रदिप हमाल र वरिष्ठ ल्याब टेक्नोलोजिस्ट दिपक सुवेदी रहनु भएको छ । भर्खर कोरोना परीक्षण प्रयोगशाला सुरु गर्दा जनशक्तिको अभावले उहाँहरुलाई प्रयोगशालामा काम गराइएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो ।

अन्य अस्पतालबाट विज्ञहरु ल्लाएर प्रयोगशाला सुरु गरे पनि अहिले आफ्नै जनशक्तिमा सञ्चालन हुन थालेकोले उहाँहरुलाई सम्मानसहित बिदाइ गरिएको अस्पतालले जनाएको छ । प्रदेश सांसद विजय सुवेदी, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीसहित अस्पतालका विशिष्ट अधिकारीले उहाँहरुलाई मायाको चिनोसहित सम्मानित गर्नुभएको थियो । अहिले प्रयोगशालामा एक डाक्टरसहित ९ जना प्राविधिक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>