Breaking News

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौ १९–

चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिएकी छिन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १४ जना छन् । जसमध्ये २१ देखि ८० वर्षका ८ जना पुरुष र २३ देखि ५९ वर्षका ६ जना महिला रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नं.२, ५, ६, ७, १० र ११ का हुन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

यसैगरि खैरहनी नगरपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ वर्षका एक पुरुष, ३४ र ३१ वर्षका २ महिला रहेका छन् । उनीहरु तीन जना नै क्वारेन्टिनमा थिए । यस्तै रौतहटका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । बिहीबार राति भरतपुर प्रयोगशालामा कुल ३०२ नमुना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>