Breaking News
पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ निको भए
०

काठमाडौं, भदौ १८
पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेका छन्।
आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ। पछिल्लो २४ घण्टामा
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























