Breaking News
चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौं १८–
चितवनमा आज (बिहीबार) दिउँसो थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १५ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । सिएमसीमा गरिएको परीक्षणमा चितवनका १५ जना सबै भरतपुर महानगरपालिकाका हुन् ।
जसमध्ये भरतपुर–१ का २३ वर्षीय पुरुष, भरतपुर–४ का ३९ वर्षीया महिला, भरतपुर–१० का २ पुरुष र ५ जना महिलागरि ७ जना, वडा नं.११ का ३ महिला, वडा नं.१४ का ५५ वर्षीय पुरुष, वडा नंं.१६ का ४५ वर्षीय पुरुष र वडा नं.१७ का ४५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–५ का २८ वर्षीय पुरुष, वडा नं.७ का ६० वर्षीय पुरुष र वडा नं.९ का ६६ वर्षीय पुरुष रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























