Breaking News

राती २ बजेदेखि मलको लाइनमा किसानः हामीलाई कोरोना होइन मलको चिन्ता छ (फोटो फिचर)

Banner

चितवन,भदौं १७-

चितवनमा मलको हाहाकार छ । मल नपाएर किसान छटपटिएका छन् । सरकारले समयमै मल ल्याउन नसक्दा धानबाली विग्रने खतरा बढेको भन्दै किसान चिन्तित छन ।

चितवनमा भित्रिएको केही मल वितरण थालिएको छ । मल वितरण गर्ने ठाँउमा किसानको भीड देख्न सकिन्छ । चितवनमा बढ्दो कोरोनाको संक्रमणसंगै निषेधाज्ञा जारी गरिएपनि त्यसको प्रवाह छैन । न सामाजिक दुरी छ न मास्क र अन्य सावधानी । आज भरतपुर महानगरपालिका ६ गितानगरमा रहेको एक सहकारीले मल वितरण गर्दाको अवस्था हाम्रा सहकर्मी सुदिप थापाले तस्वीरमा कैद गरेका छन् ।

राती २ बजेदेखि किसान मलको लाइनमा बसेका छन् । १० किलो मलका लागि लाइनमा बसेका गितानगरका स्थानिय रामप्रसाद अधिकारीले संक्रमणको डर भन्दा बालीनै नहोला भन्ने चिन्ता रहेको बताए । उनले पहिला गास हेर्नुप¥यो अनि मात्र कोरोनाबाट जोगिउला भन्दै सरकारी निकायको चर्को आलोचना गरे । भीडलाई प्रहरीले दुरी मिलाएर राख्न खोजेपनी सम्भव भएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>