Breaking News

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

Banner

काठमाडौं भदौ १५

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो।

मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ।

प्रदेश २ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रकुमार झाले संक्रमित स्वास्थ्यकर्मीेको मृत्यु भएको पुष्टि गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>