अर्थ

युरो पेन्टस तेस्रो बर्षमा प्रवेश, नयाँ ब्राण्ड बजारमा

Banner

चितवन,भदौं १४-

सुन्दरता र विश्वासको प्रतिक भन्ने मूल नाराका साथ संचालनमा आएको युरो पेन्टस दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । भरतपुर महानगरपालिका १६ मा स्थापना भएको पेन्टसले स्थापनाको छोटो अवधिमा ग्राहकको मन जित्न सफल भएको छ । बर्षिकोत्सवकै अवसर पारेर युरो पेन्सले दुई नयाँ ब्राण्डका प्रोडक्ट बजारमा ल्याएको छ ।

अन्य कुनै स्वदेशी कम्पनीले बजारमा ल्याउन नसकेका युरो कोट सिलिङ ह्वाइट र यूरो ड्याम्पप्रुफ एण्ड वाटर प्रुफ बजारमा ल्याएको जगन्नाथ गु्रप अफ इन्डष्ट्रिजका प्रवन्ध निर्दशक कल्विन शर्माले जानकारी दिनुभयो । यी दुवै नयाँ प्रोडक्ट आजदेखि बजारमा उपलब्ध हुने शर्माले बताउनुभयो ।

घरमा हुने सिपेजको समस्यालाई मध्यनजर गर्दै नयाँ उत्पादन निकालिएको र यसले घरको छतको तापक्रम ४ देखि ७ डिग्रीसम्म कम हुने कम्पनीको दाबी छ । युरो कोट सिलिङ ह्वाइट घरका कोठाहरुको चमक बढाउनुका साथै सेलिङ र प्लास्टरको आयु बढाउनेछ ।

छोटो समयमा नै नेपाली बजारमा पहिचान बनाउन सफल यूरो पेन्टस आगामी दिनहरुमा पनि ग्राहकहरुको मन जित्दै नयाँ उत्पादन बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ । देशका अधिकांस सहरमा युरो पेन्टस उपलब्ध छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>