Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो, प्रशासन भन्छः घरमै बसौं, सजग बनौं

Banner

चितवन, भदौं १४–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ सय नाघेको छ ।

शनिबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २९ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ६ सय २६ पुगेको हो ।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् ।

भरतपुर महानगरपालिकामा ३६८, खैरहनी नगरपालिकामा ४३, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ८१, राप्ती नगरपालिकामा ७६, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि चितवन प्रशासनले घरमै सुरक्षित भएर बस्न चितवनबासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हरेक दिन संक्रमित थपिदै गएकाले स्वास्थ्य सुरक्षा अपनाएर घरमै बस्न आग्रह गरेका छन् ।

उनले अनावश्यक काममा बाहिर हिँडडुल नगर्न पनि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>