Breaking News

चितवन मेडिकल कलेजमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

Banner

चितवन, भदौं १३–

चितवनमा आज (शनिबार) साँझ थप एक व्यक्तिको कोरोना (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए ।

निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>