खैरहनी
खैरहनीमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौं ११–
पूर्वीचितवनको खैरहनी नगरपालिकामा पहिलोपटक एकैदिन १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला आज (बिहीबार) खैरहनीका मात्रै १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा खैरहनी–३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिला रहेका छन् । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन् ।
यससंगै खैरहनीमा कुल संक्रमितको संख्या २९ पुगेको छ ।
यो पनि पढ्नुहोस्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























