चितवन विशेष

५ महिने बालकसहित माडीका ९ जनामा कोरोना संक्रमण

Banner

चितवन, भदौं १०–

चितवनको माडीमा लामो समयपश्चात ५ महिने बालकसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा माडी नगरपालिका–६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा ५ महिनाका बालकदेखि ४८ वर्षका पुरुष र ४० देखि ६० वर्ष उमेर समूहका महिला रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा रहेको बताइएको छ ।
पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थिया । लकडाउन खुलेपछि माडीमा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>