Breaking News
भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए

चितवन, भदौं ९-
चितवनको भरतपुर अस्पालको आइसोलेसनबाट भागेका एक जना कोरोना संक्रमित नुवाकोटमा भेटिएका छन् । उनलाई आज विहान ११ बजे नुवाकोटमा फेला परिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेलकोटगढी गाँउपालिका वडा नम्वर ५ मा रहेको प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा उनलाई फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।
उनि साइलकमा चितवनबाट त्यहाँ पुगेको प्रहरीले जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरको आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको थापाले बताउनुभयो । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । हिजो विहानैदेखि अस्पताल नभेटिएपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो ।
























