चितवन विशेष

चितवनका एक व्यक्तिको मनाङमा देखियो कोरोना संक्रमण

Banner

चितवन, भदौं ५–

कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ ।

विराटनगर घर भएका ५७ वर्षीय र भरतपुरका ५१ वर्षीय पुरुषमा सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा सङ«क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा भरतपुर महानगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो । प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>