Breaking News

चितवनमा निषेधाज्ञाको अवधि भदौं १२ गतेसम्म थपियो

Banner

चितवन, भदौं ५–

चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नारायणी अनलाइनसंग कुरागर्दै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने–‘भोलिदेखि भदौं १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।’

यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदै थियो ।

चितवनमा पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

चितवनमा आज मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २२ जना चितवनका थिए भने अन्य चार जना विभिन्न जिल्लाका बिरामीहरु रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>