Breaking News

चितवनमा अझै केही दिन निषेधाज्ञा लम्ब्याउने तयारी

Banner

चितवन, भदौं ५–

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय अझै केही दिन लम्ब्याउने तयारी गरेको छ । पहिलो चरणमा साउन ३१ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको आज (शुक्रबार) सकिदैछ ।

पछिल्लो समय चितवनमा झनै संक्रमणको दर बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि बढाउने तयारी भइरहेको छ । यस बारेमा आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बैठक बस्दैछ । बैठकले निषेधाज्ञा थप्ने या अन्त्य गर्ने विषयमा निर्णय लिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनले नारायणी अनलाइनसंग भने–‘आज बैठक बसेर ठोस निर्णय लिन्छौं, संभवत निषेधाज्ञाको समयावधि थप हुन्छ ।’

गत साउन ३० गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रमा मात्र सोही राति १२ बजेदेखि लागू हुनेगरि भदौं ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको जोखिम जिल्लाको अन्य ठाउँमा पनि बढ्दै गएपछि चितवन प्रशासनले साउन ३२ गते पुनः माडी नगरपालिका बाहेक सबै ठाउँमा लागू हुने गरि भदौं ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

चितवनमा आज (शुक्रबार) विहान मात्रै २६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २२ जना चितवनकै हुन् । यसरी दिनप्रतिदिन कोरोनाको जोखिम बढ्दै गएकोले निषेधाज्ञाको समय बढाउन तर्फ प्रशासन लागि परेको हो ।

यही निषेधाज्ञाको अवधिमै कोरोनाबाट चितवनमा दुई जनाको मृत्यु समेत भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>