Breaking News

चितवनमा कोरोना संक्रमित नर्स भन्छिन्ः घर जान छाडेँ, अस्पताल जान छाडिन

Banner

चितवन, भदौं ४-

चितवनमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । नेपाल नर्सिङ संघको तथ्यांक अनुसार बिहीबारसम्म ९ जना नर्स चितवनमा संक्रमित भएका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने नर्स सबै सम्मानका पात्र हुन् । तर, कोरोना संक्रमण भइसकेपछि नर्सहरुलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ । अहिले कतिपय नर्सहरुले सामाजिक सञ्जालमार्फत् आफूले भोगेका समस्याहरु उजागर गरिरहेका छन् ।

चितवन मेडिकल कलेजमा कार्यरत नेपाल नर्सिङ संघका केन्द्रीय उपाध्यक्ष रमेश सुब्बाले चितवनमा कोरोना बारेको भ्रमले गर्दा पनि समाजमा संक्रमित भएका नर्सहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताउनु भयो । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘अस्पताल सञ्चालकहरुको नर्सहरुप्रतिको व्यवहार राम्रो नभएकोले पनि उनीहरु पीडामा परेका छन् । नर्सको सुरक्षा र आत्मसम्मान बढाउने भन्दा पनि हतोत्साही गर्ने व्यवहार हुने गरेको छ ।’ उहाँले कतिपय अस्पतालहरुले नर्स संक्रमित भएपछि घरमा नै बस भनेर तर्किने गरेको बताउनु भयो । उहाँले रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेलाई समाजले गरेको जस्तै व्यवहार अन्य नर्सहरुले पनि भोगिरहेको बताउनुभयो । उहाँले कोरोनाको संक्रमण बढेसँगै अस्पतालले झन् धेरै पैसा सर्वसाधारणबाट कमाइरहेको पनि दाबी गर्नुभयो ।

भरतपुरको सेन्ट्रल अस्पतालमा कोरोना संक्रमित भएर अहिले उपचार गराइरहनु भएको नर्स सिम्रन तिवारीले पनि बिहीबार चितवनका सामाजिक अभियन्ता अर्जुन भुसालको फेसबुक पेजमा लाइभमा आएर आफूलाई परिरहेको समस्याहरुको बारेमा जानकारी दिनुभयो । उहाँले सुरुमा कोरोना संक्रमित भएको थाहा पाउँदा निकै टेन्सनमा परेको बताउनु भयो । उहाँ आफैँ डराई डराई आफ्नो बुबालाई फोन गरेर ममीलाई सम्झाइ दिन भनेको बताउनु भयो । उहाँ मिस नर्स २०१७ को बिजेता पनि हुनु हुन्छ । उहाँको घरमा खासै समस्या नभए पनि कतिपय संक्रमित साथीहरुलाई घरमा आउन नदिएर जागिर छाडेर बस्नुपरेको बताउनु भयो ।

क्यान्सर अस्पतालमा कार्यरत नर्स दिपा चापागाई भुसाल पनि अहिले घरमै आइसोलेसनमा बसिरहनु भएको छ । भरतपुर महानगरपालिका–६ चोक बजारको स्थायी बासिन्दा उहाँको श्रीमान पनि संक्रमित हुनु भएको छ । साथमा एक वर्षको बच्चा पनि भएकोले बच्चालाई आफूसँग नराखी उहाँलाई सम्भव नै भएको छैन । संक्रमित भएसँगै अमेरिकामा रहेको भाइले उहाँलाई तुरुन्त काम छोड्न आदेश दिएको अनुभव उहाँको छ । आफ्नो बुबा आमाले पनि काम छाड्न अनुरोध गरेको उहाँले बताउनु भयो । कोरोना प्रतिको भ्रमले पनि यस्तो भएको उहाँले बताउनु भयो । विकसित देशको अस्पतालमा जस्तो नेपालका अस्पतालमा सुरक्षा सामग्री पर्याप्त नभएको उहाँको गुनासो छ । सुरुमा लक्षण देखिए पनि अहिले सब सामान्य भइसकेको उहाँले नारायणी अनलाइनलाई बताउनु भयो ।

संक्रमित भइसकेपछि परिवारका सदस्यदेखि समाजका मानिसहरुको दृष्टिकोण सकारात्मक बन्न नसक्दा मानसिक तनाव झेल्नु पर्ने भएकोले आत्मसम्मान बढाउन आवाश्यक भएको नर्सहरु बताउँछन् । कोरोना संक्रमण आफैमा सामान्य भए पनि परिवार र समाजमा बढ्दो त्रासले गर्दा स्वास्थ्यकर्मीहरु पनि झनै बढी त्रषित् हुनु परेको छ ।  चितवन भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफू सहित परिवारले भोग्नुपरेको समस्या समाजिक सञ्जालमा पोष्ट नै गनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो , ‘ मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तर पनि मैले कुनै दिन जागिर छोड्ने मनसाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र मेरो देशमा लाशको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश थुप्रोमा मेरो,तपाईको कसैन कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केही दिनदेखि घर जान छोडिदिएँ । कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।

घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलागेको भनेर तनाव दिइरहेका छन् । वाह समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र रुरु आइसोलेसनमा आफै बसेको छ तर पनि मानसिक तनाव किन रुम कुन मुखले बाबालाई भनु फेरि अस्पताल जान्छु भनेर ।

मेरो बाबाले दिनहँु मलाइ कोरोना को डरले जागिर छोड्ने दबाब दिराख्नु भयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोना को शिकार हुनेछु तर पनि मैले कुनै दिन जागिर छोड्ने मनसाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र । मेरो देश मा लाशको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश को थुप्रोमा मेरो, तपाईको, कसैन कसैको प्राण जोडिएको हुन्छ । येही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु बिगत केहि दिने देखि घर जान छोडिदिए । कुनै बिरामीको सेवामा घिन मानिन । आज म आइसोलेसनमा बसेको छु । तर आज तेही समाजले मेरो परिवारलाई बारम्बार सिलको धम्की देखाउने। घरमा प्रहरी पठाउने । छोरीलाई किन पहिले जागिर छोड्न नलगाको भन्ने । वाह ,समाजको दायित्व ..भोलि हजुरलाई, हजुरको आफ्नो भन्नेला कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोग को लागि ।आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनु हुन्छ र ? आइसोलेसनमा आफै बस्नुभाको छ तर पनि यो मानसिक तनाव किन ?’ थापाको यो स्टाटसबाट उहाँ र उहाँको परिवारलाई समाजले गरेको व्यवहार प्रष्ट हुन्छ । कोरोना संक्रमण झनै बढ्दै जाने सम्भावना भएकोले भोलिका दिनमा संक्रमित स्वास्थ्यकर्मीको मनोबल र आत्म सम्मान बढाउन आवश्यक देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>