अर्थ

सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्यो

Banner

काठमाडौं, भदौ ४

सुनको मूल्यमा पुन: गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले बिहीबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १ हजार ३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>